‘फेस अफ मारवाडी’ को उपाधि राहुल र निशालाई (भिडियोसहित)

‘फेस अफ मारवाडी’ को उपाधि राहुल र निशालाई (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

पेजेन्ट नेपाल इन्टरनेशनलको आयोजनामा सम्पन्न फेस अफ मारवाडी–२०१९ को उपाधि धरानका राहुल अग्रवाल र काठमाडौँकी निशा अग्रवालले जितेका छन् ।

आफूलाई अन्य प्रतिस्पर्धीभन्दा फरक एवं बौद्धिक रूपमा अब्बल साबित गर्दै राहुल र निशाले उपाधि हात पारेका हुन् । त्यसैगरी फर्ष्ट रनरअप शिवम अग्रवाल र सिमरन सबू तथा सेकेण्ड रनरअप अजय खण्डेलवाल र सुनिता बर्मा भएका छन् ।

प्रतिस्पर्धी युवायुवतीहरूलाई सञ्चार दक्षता, एमसीइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा तथा मोटिभेसन क्लास दिइएको थियो । यस्ता थुप्रै विषयमा प्रशिक्षण दिएर सहभागीहरूको आत्मबल दृढ बनाउन सहयोग गरिएको आयोजकको भनाइ छ ।

फेस अफ मारवाडी–२०१९ को अन्तिम प्रतिस्पर्धामा नायिका रेखा थापा, मिसेज इण्डिया अर्थ २०१७ स्वेता चौधरी आदि निर्णायक मण्डलामा थिए भने प्रमुख अतिथिका रूपमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको उपस्थिति थियो ।

कार्यक्रम होटल अन्नपूर्णमा सम्पन्न गरिएको थियो।

हेर्नुहोस् भिडियो 

Skip This
Skip This
Logo