दोलखा,
उमेर जतिसुकै होस् , मानिसलाई मृत्यसँग सधैं भय रहन्छ । यस्तै भयमा झण्डै चार घण्टा विताउनु भयो दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगु झगडेकी ८३ बर्षिय जुनकीरी खत्रीले ।
शुक्रवार राति करिब १० बजे अविरल बर्षासँगै दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगु यार्साको भीरबाट झरेको पहिरोले झगडेमा रहेको जुनकीरीको घरको चारै तिर तहस नहस बनायो । उहाँको घरको तल्लो तलामा पनि हिलो माटो र पानी पस्यो । भाग्ने कुनै संभावना नरहेको र अरु मानिस उद्दार गर्न आउने संभावना पनि नभएकोले जुनकीरी, उनको छोरा डम्बरबहादुर र बुहारी विन्दा खत्रीले झण्डै चार घण्टा मृत्युको भयमा विताउनु प¥यो । राति एक बजेतिर पानी कम भएपछि मात्र उहाँहरुको उद्दार हुन सकेको थियो ।
अविरल बर्षासंगै पहिरोले घरनै बगाउन थालेपछि आफु छोरालाई समातेर बसेको जेष्ठ नागरिक जुनकीरी खत्रीले बताउनु भयो । चार घण्टासम्म कतिखेर मरिने हो भन्ने भयमा हिलो र पानीमा डुबेर बस्नु परेको जुनकीरी बताउनु हुन्छ । शुक्रवार राति १० बजेतिर पहिरो खस्न थालेपछि बाहिर निस्कन नसकेको र आफुले काठमाडौँमा फोन सम्पर्क गरी आफुहरु पहिरोको बीचमा परेको जानकारी गराएको जुनकीरीको छोरा डम्बर बहादुरले बताउनुभयो । पहिरो आउनजेल बाहिर निस्कन पनि नसकेको र उद्दार गर्ने अवस्था पनि नरहेकोले आफुहरु चार घण्टासम्म त्रासमा रहेको डम्बरबहादुर बताउनु हुन्छ ।
बाढी र पहिरोका कारण दुई जना बेपत्ता भएको र ११ घर पुरीएको स्थानियको भनाई छ । पहिरोले ८० भन्दा बढी घरहरु जोखिममा परेको स्थानिय बताउाछन् । अविरल बर्षासंगै आएको बाढी र पहिरोका कारण गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ जुँगुमा पर्ने जुँगु खोलाले स्थानिय १९ बर्षिय निसान खड्का र वडा नम्बर १ का ५६ बर्षिय जगतबहादुर खत्रीलाई बगाएको हो । उहाँहरु दुबैजना बेपत्ता हुनुहुन्छ । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल र स्थानियले उहाँहरुको खोजी गरिरहेको भएपनि हालसम्म फेलापर्न नसकेको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।
निसान खड्कालाई जुँगु खोलामा सवारी साधनमा फसेको यात्रुलाई उद्धार गर्ने क्रममा बगाएको थियो भने जगतबहादुर खत्रीलाई पहिरोबाट बच्न भाग्ने क्रममा खोलाले बगाएको स्थानियको भनाई छ ।
अविरल बर्षापछि वडा नम्बर १ जुँगु यार्साको भीरबाट बगेको पहिरोले वडा नम्बर १ कै झगडेको डम्बरबहादुर खत्रीको २ वटा, राजन खत्रीको १ वटा, बालकृष्ण खत्रीको १ वटा, गौरव खत्रीको १ वटा, बलबहादुर खत्रीको १ वटा, नवराज खत्रीको १ वटा र दीपक खत्रीको २ वटा गरी ९ वटा घर पुरीएको छ । त्यसैगरी विरौसीको गंगा खत्रीको १ वटा र अर्को एउटा गरी दुईवटा घर पुरीएको स्थानियले बताए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया