सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्थ नै हो ।
भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरुलाई सुम्पिएको घटना सार्वजनिक भएको छ।
रक्सीले मातेका ती पुरुषले साथीहरुसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए। जुवामा हारेपछि भने उनकी पत्नीमाथी साथीहरुले सामुहिक रुपमा बलात्कार गरेका हुन्। उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको हो।
आफ्नो उजुरीमा प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ। त्यसपछि ती महिला अदालत पुगेकी छिन् । ती महिलाका अनुसार उनका पति जँड्याहा हुन्। पछिल्लो पटक उनले साथीहरुसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका हुन्। एजेन्सी





























प्रतिक्रिया