काभ्रेका सवारी चालक टंकेश्वरमा मृत फेला

काभ्रेका सवारी चालक टंकेश्वरमा मृत फेला

केन्द्रबिन्दु
0
Shares

काभ्रेका बुद्धलाल तामाङ काठमाडौँमा मृत फेला परेका छन् ।

तामाङको शव काठमाडौको कालिमाटीस्थित टंकेश्वरमा फेला परेको हो । उनी हाल काठमाडौको वनदेवीमा बस्दै आएका थिए ।

उनलाई आज बिहान स्थानीयले मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । तामाङको मृत्यु बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी सवारी चालकको रुपमा काम गर्दे आएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo