सर्वोच्च अदालतले ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको फैसला नै सदर गरेको छ ।
सर्वोच्चले व्यवसायी महाविर प्रसाद गोल्याललाई भने १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको आदेशलाई चुनौती दिँदै गोल्यान २०७५ मंसिर १४ गते सर्वोच्च पुगेका थिए ।
शुक्रवार न्यायधिशहरु अनिलकुमार सिन्हा र शुष्मालाल माथेमाको इजलासले अघिल्ला अदालतहरुको निर्णय नै सदर गर्ने निर्णय सुनाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।
यसअघि जिल्ला अदालत मोरङ र उच्च अदालत मोरङले थुनामा पठाउने र धरौटीमा छोड्ने आदेश गरेको थियो। तिमध्ये २९ जना सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च पुग्नेमा निलम्बित डिएसपी सञ्जय राउत, महाविर प्रसाद गोल्याल, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्द प्रसाद निरौला, हेमन्त गौतम, विमल पोद्धार, राजेन्द्र कुमार शाक्य, भुजुङ गुरुङ् लगायत रहेका छन् ।





























प्रतिक्रिया