शुक्रबार एकाबिहानै काठमाडौँमा अचम्मलाग्दो दुर्घटना भएको छ। काठमाडौंको सिफलचौरमा शुक्रबार बिहान महानगरपालिकाको फोहोर उठाउने बा १ ग २२९८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
गाडीले २ फिट अग्लो पर्खाल नाघेर अर्को साइडको बाटोमा पार्किङ गरिरहेका ट्याक्सीमाथि चढेको हो। उक्त गाडीको ठक्करबाट बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा क्षति पुगेको छ।
चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जानेको छ । चालकलाई गौशाला प्रहरीमा राखिएको छ ।































प्रतिक्रिया