सुनको भाउ झनै महँगो, अहिलेसम्मकै उच्च

सुनको भाउ झनै महँगो, अहिलेसम्मकै उच्च

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ बढ्ने क्रम जारी छ।  सुनको भाउ शुक्रबार अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आज सुन तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ।  बिहीबार ४ सय रुपैयाँ घटेर तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार एकैदिन तोलामा ८ सय रुपैयाँ बढेको हो ।

गत असार १० गते सुनको भाउ तोलाको ६५ हजार ५ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने स्थिर छ । चाँदी तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

Logo