भीमदत्त नगरपालिकाकामा कार्यालय प्रमुखसित कार्य सम्पादन सम्झौता

भीमदत्त नगरपालिकाकामा कार्यालय प्रमुखसित कार्य सम्पादन सम्झौता

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित कार्य सम्पादन सम्झौता गरेका छन् । नगरपालिका कार्यालयमा बिहीबार नगर प्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नगरपालिकाकाको कार्य सम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौता पत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र अधिकार तोकिएको छ ।

सम्झौता पत्रमा दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने, सभा र कार्यपालिकाको सचिव भई काम गर्ने, वार्षिक कार्यक्रम, बजेट तर्जुमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्न लगाउने, आर्थिक कारोबार अभिलेख दुरुस्त राख्न लगाउने, लेखा परीक्षण गराउने र बेरुजु फस्र्यौट गर्न लगाउने लगाउने बुँदा समावेश गरिएका छन् ।

यसैगरी आयोजनाको फरफारका लागि प्रतिवेदन तयारी गरी कार्यपालिका बैठकमा पेश गर्ने, कार्यालयको सम्पत्ति संरक्षण गर्ने, लगत राख्ने र अद्यावधिक गर्ने गराउने, कार्यपालिका बैठक तथा नगर सभाका एजेण्डा तयार गर्ने, नगर प्रमुखको निर्देशनमा कार्यपालिका बैठक बोलाउने तथा आवश्यक कार्य गर्ने गराउने र कार्यपालिका बैठक तथा सभाका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्ने लागयतका कार्य सम्झौता पत्रमा उल्लेख गरिएका छन् ।

सम्झौता अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठकको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिका निर्णयको अभिलेख सुरक्षित राख्ने, न्यायिक समितिबाट भएका मिलापत्र र निर्णयको मिसिल संरक्षण गर्ने, नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, वार्षिक खरिद योजना सम्बन्धी कार्य गर्ने, कार्यालयको आवश्यकता अनुसार कार्य विवरण सहित कर्मचारी दरबन्दी सृजनाका लागि प्रस्ताव तयार गर्ने कार्य गर्ने जिम्मेवारी दिइएको छ ।

भीमदत्तका नगर प्रमुख विष्टले कार्य सम्पादन सम्झौताले नगरपालिकाको कार्य सम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको बताए । ‘यसले कार्यालयको कार्य सम्पादनलाई अझै प्रभावकारी बनाउने आशा अपेक्षा गरिएको छ’ उनले भने, ‘यो सम्झौताले भीमदत्तलाई समृद्ध बनाउने लक्ष्यलाई सफल बनाउन सहयोग पुग्छ ।’

नगर प्रमुख विष्टले यो सम्झौतापछि कार्यालय प्रमुखले शाखा प्रमुख र शाखा प्रमुखले उप शाखा प्रमुखसित कार्य सम्पादन सम्झौता गर्न सक्ने बताए । ‘मैले प्रमुख प्रशासकीय अधिकृतसित समझौता गरेको छु, उहाँले शाखा प्रमुखसंग सम्झौता गर्न सक्नु हुन्छ, शाखा प्रमुख उप शाखा प्रमुखसंग सक्नु हुन्छ’ उनले भने ।

भीनपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले नगर प्रमुख विष्टले कार्यालय प्रमुखसित कार्य सम्पादन सम्झौता गरी उदाहरणीय कार्यको सुरुवात गरेको बताए ।

Skip This
Skip This
Logo