९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन् ।
पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारको उजुरी गरेपछि उनी पक्राउ परेका हुन् ।
आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।





























प्रतिक्रिया