त्रिवि आंशिक प्राध्यापकद्वारा सिट्ठी बजाएर विरोध प्रदर्शन

त्रिवि आंशिक प्राध्यापकद्वारा सिट्ठी बजाएर विरोध प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

समान कामको समान पारिश्रमिक हुनु पर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आज सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

आंशिक प्राध्यापकहरुले आज कीर्तिपुर स्थित उपकुलपतिको कार्यालय अगाडि आफ्ना मागहरु पुरा गर्न दवाव दिन सिट्ठी बजाएर प्रदर्शन गरेका हुन् । आंशिक प्राध्यापकहरुले एक शैक्षिकसत्र पुरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई पूर्णकालिन करार गर्नुपर्ने माग गरेका छन् । त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय समितिका सचिव ईश्वरचन्द्र पौडेलले विगत १५ वर्ष यता आन्दोलन गर्दै आएको र यसपटक निर्णायक आन्दोलन गरिएको बताए।

आंशिक प्राध्यापकहरुले ‘हामी बधुवा मजदूर होइनौं, समान कामको समान ज्याला चाहन्छौं’, ‘अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकाको सट्टा आंशिक प्राध्यापक व्यवस्थापन निर्देशिका चाहन्छौं’, ‘हामी सम्पूर्ण आंशिक प्राध्यापकहरु एक हुन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालय हामी सबैको गौरव र पहिचानको धरोहर हो त्यसैले अस्तित्व जोगाउन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालयमा समान कामको समान ज्याला ग्यारेन्टी गर’ लेखिएको ब्यानर सहित प्रदर्शनमा उत्रिएका छन् ।

Skip This
Skip This
Logo