प्रदेश ३ को मुख्य न्यायधिवक्तामा ओमप्रसाद थपलिया नियुक्त भएका छन् ।
थपलियालाई उच्च अदालत पाटनका मुख्य न्यायधिश कुमार चुडालले सपथ खुवाएका छन् ।
सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, जिल्ला समन्वय समिति मकवापनुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश मन्त्रालयका सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंह, लगायत प्रदेश र जिल्ला स्तरका कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
नुवाकोटमा जन्मिएका थपलियाले राजनीति शास्त्रमा स्नातकोत्तर र कानुन बिषयमा एलएलएम गरेका छन् । तत्कालिन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका थपलियाले पार्टी भित्र रहेर कानुनी क्षेत्रको जिम्मेवारी लिंदै आएको बताईएको छ ।
सम्वत् २०४४ सालमा अभिवक्ताबाट कानुनी क्षेत्रमा लागेका थपलिया २०४८ सालबाट अधिवक्ता र २०७४ सालको श्रावणबाट उनी वरिष्ठ अधिवक्ताको रुपमा कार्य गरिरहेको जनाईएको छ ।





























प्रतिक्रिया