आइडीपीद्वारा नेपाली बिद्यार्थीलाई ५ हजार अस्ट्रेलियन डलरको छात्रवृति (भिडियोसहित)

आइडीपीद्वारा नेपाली बिद्यार्थीलाई ५ हजार अस्ट्रेलियन डलरको छात्रवृति (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रियस्तरको शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको विश्वव्यापी संस्था आइडीपी एजुकेसनले ८ जना नेपाली बिद्यार्थीहरुलाई ५ हजार अस्ट्रेलियन डलरको छात्रवृति प्रदान गरेको छ ।

आईडीपी एजुकेसनको अस्ट्रेलिया शैक्षिक मेलामा नेपालकालागि अस्ट्रेलियन राजदूत पीटर बड़ले छात्रवृति पाएका बिद्यार्थीका अभिभावकलाई छात्रवृतिको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

नेपालभरिका सयौं बिद्यार्थीले छात्रवृतिका लागि आवेदन दिएकोमा छात्रवृति छनोट गर्ने प्यानलले बिद्यार्थीको शैक्षिक उत्कृष्टता  र अंग्रेजी भाषाको अंक जस्ता आधारमा बिजेता छानिएको जनाएको छ । सबै ८ बिजेताहरु हाल अस्ट्रेलियाका प्रख्यात बिश्वविध्यालयहरुमा स्नातकोत्तरमा अध्यनरत छन् ।

यस अवसरमा आईडीपीको दक्षिण एसियाका क्षेत्रीय निर्देशक पियुष कुमारले भने, “हामी यी ८ नेपाली बिद्यार्थीहरुको पढ्ने उध्येस्य र उनीहरुको उज्ज्वल भविष्यकालागी यो सहयोग गर्न पाएकोमा हर्षित छौ । हामीलाई विश्वास छ कि बिस्वस्तारिय शिक्षा प्राप्त गरि यी बिद्यार्थीहरुले नेपालको विकासमा योगदान पुर्याउने छन् ।” आउँदो नोवेम्बेर २०१९ र फेब्रुअरी २०२० इन्टेकका लागि आझै २ वटा छात्रवृतिको घोषणा गर्दै इच्छुक बिध्यर्थिहरुलाई आवेदन दिन कुमारले आवहान गरेका छन् ।

शनिबार सम्पन्न शैक्षिक मेलामा  अस्ट्रेलियाको ३५ भन्दा बढी विश्वविध्यालय र कलेजहरु सहभागी भएका थिए । बिद्यार्थी र अभिभावकलाई अष्ट्रेलियाका शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गराई बिद्यार्थीले पढ्न जाने विषय र उनीहरुको भविस्यको बारेमा छलफल गर्ने रहेको थियो।

आईडीपी एजुकेसन स्टुडेन्ट प्लेसमेन्ट सेर्विसेसका दक्ष परामर्शदाताहरुले बिदेशमा गुणस्तरीय शिक्षा लिन जाने इच्छुक बिद्यार्थीहरुलाई उनीहरुका हरेक कदममा विश्वबिद्यालय वा कलेज छनौटदेखि लिएर विदेश पुगिसकेपछि समेतको सेवा प्रदान गर्दै आएको छ ।

आईडीपीले अस्ट्रेलिया, अमेरिका, वेलायत्, न्युजिल्याण्ड, क्यानेडा र आयरल्याण्डका ७ सय वटा भन्दा बढी प्रख्यात युनिभर्सिट्री र कलेजहरुको प्रतिनिधित्व गर्छ । ५० वर्ष भन्दा बढी अनुभव बटुलेको आईडीपीले गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुसँग मात्र सहकार्य गर्छ ।

के हो आइडीपी ?

आईडीपी एजुकेसन अन्तरराष्ट्रिय परामर्श सेवा प्रदान गर्ने क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको एक विश्वव्यापी परामर्श सेवा संस्था हो।  आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “आईईएलटीएस” मा समेत स्वामित्व रहेको छ ।

१२० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरुको नेटवर्कको साथ आईडीपी ३० भन्दा बढी देशहरुमा फैलिएको छ । आईडीपी एएसएक्स (अष्ट्रेलियन सेक्युरीटी एक्सचेन्ज) मा सूचीबद्ध कम्पनी पनि हो, जसमा ५० प्रतिशत अष्ट्रेलियन विश्वविद्यालयहरुको स्वामित्व रहेको छ । विगत ५० वर्षदेखि आईडीपीले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुँचको लागि परामर्श सेवा प्रदान गरी महत्वपूर्ण भूमिका खेल्दै आईरहेको छ ।

आईडीपीले हालसम्म ४ लाख भन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलिया, यूके, यूएसए, क्यानडा, न्यूजील्याण्ड र हालै आयरल्याण्ड लगायतका देशहरुमा भर्ना गरिसकेको छ ।

आईईएलटीएस 

आईडीपीको अंग्रेजी भाषा परिक्षण परिक्षाको रुपमा चर्चित “आईईएलटीएस” (IELTS) मा स्वामित्व रहेको छ । सन् १९८९ देखि सुरु भएको उक्त अंग्रेजी भाषा परिक्षण विश्वकै सबै भन्दा लोकप्रिय भाषा परिक्षण गर्ने परिक्षा हो ।

यस भाषा परिक्षण परिक्षालाई विश्वभरी १० हजार भन्दा बढी संस्थाहरुले अंग्रेजी भाषा परिक्षण परीक्षाको रुपमा स्वीकारेका छन्।

प्रस्तुत छ, भिडियो सामाग्री 

 

 

 

 

 

 

 

Skip This
Skip This
Logo