काठमाडौँ,
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्षाको समयमा भारतीय बाँधका कारण नेपाली भूमिमा हुने डुबानका विषयमा भारतीय पक्षसँग गम्भीर रुपमा छलफल गर्ने बताएका छन् ।
नेपाल वातावरण पत्रकार समूहले शुक्रबार आयोजना गरेको नेपाल–भारत सीमाका बाँध, डुबान र समाधानका उपाय विषयक बहस कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल र भारतबीच हुन लागेको परराष्ट्र मन्त्रालय स्तरीय बैठकमा बाँधको विषय गम्भीर रुपमा उठाउने बताएका हुन् ।
मन्त्री ज्ञवालीले एउटाको हितका लागि अर्कोले दुःख पाउनुपर्ने अवस्था आउन नहुने भन्दै बाढी नेपाल र भारत दुवैको साझा समस्या भएकाले साझा ढंगले समाधान खोज्नुपर्ने बताए । भारततर्फ बनेका संरचनाका कारण नेपाली भूमि डुबानमा परेको बताउँदै उनले थपे, ‘यो समस्या समयमै समाधान नगर्दा यसको नकारात्मक असर नागरिक तहमा पर्छ र भारतविरोधी धारणा विकास हुन्छ ।’ उनले नदीको प्राकृतिक बहावलाई असर पार्ने काम गर्दा पनि बाढीको समस्या हुने बताए । जलस्रोतको बहुपक्षीय उपयोगले बाढी न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेका संरचनाका कारण नेपाली भूमि डुबानमा पर्ने गरेको बताए । उनले कतिपय कुरामा नेपाल र भारतका अधिकारीहरुले समस्या समाधानका लागि सहमति गरे पनि भारतीय विदेश मन्त्रालयले भिटो प्रयोग गरेर काम अड्काउने गरेको समेत बताए । उनले कोसी नदीमा नेपालका तर्फबाट खटिने लायजर अधिकारीले पटनाबाट तलब बुझ्ने गरेको भन्दै त्यस्ता अधिकारीबाट नेपालको हितमा काम हुनेमा आशंका व्यक्त गरे । बाढीको खतरा कम गर्न भारतीय पक्षसँग कूटनीतिक हिसाबले छलफल गर्नुपर्ने र नेपालका नदीहरुलाई बहुउद्देश्यीय परियोजनामा जोड्नुपर्ने उनको सुझाव छ ।
नागरिकबाट































प्रतिक्रिया