समावेशी आयोगका अध्यक्ष सुवेदीद्वारा राजीनामा

समावेशी आयोगका अध्यक्ष सुवेदीद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम यही साउन १२ गतेदेखि लागू हुने गरी आयोगका अध्यक्ष डा सुवेदीले पदबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिनुभएको छ ।’ राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ । पूर्वअर्थ सचिव डा सुवेदी गएको चैत ७ गते आयोगको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
रासस

Skip This
Skip This
Logo