काठमाडौं । मादक पदार्थ सेवन गरेर कार्यालय जाने निजामती कर्मचारीलाई सेवाबाटै बर्खास्त गर्नुपर्ने सुझाव आएको छ । यस्ता कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट बर्खास्त गर्न सुझाव दिइएको हो ।
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त’ सम्बन्धमा बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदले यस्तो प्रस्ताव गरेका हुन् ।
सामन्य विभागीय कारवाही मात्रै गर्दा विकृति आउने भन्दै सांसदहरुले कडा कारवाही गर्नुपर्ने तर्क अघि सारेका हुन् । मादक पदार्थ सेवन गरी कार्यालयमा उपस्थित भएमा वा कार्यालयमा सेवन गरेमा विशेष सजाय अन्तर्गत भविष्यमा अयोग्य नहुने गरी जागिरबाटै बर्खास्त गर्नुपर्ने सांसद देवेन्द्रराज कँडेलको भनाई छ ।
विधेयकको दफा ९२ (घ) मा यसलाई नसिहत कारवाही हुने उल्लेख गरिएको छ । यसमा सामान्य कारवाही गरेर नहुने सांसदको भनाइ छ ।





























प्रतिक्रिया