सुमित खड्का सांगीतिक साँझमा गुञ्जियो ‘देशको आवाज’ (भिडियोसहित)

सुमित खड्का सांगीतिक साँझमा गुञ्जियो ‘देशको आवाज’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गायक सुमित खड्काको एकल सांगीतिक साँझ ‘सुमित खड्का देशको आवाज’ सम्पन्न भएको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजना एवं म्यूजिक खबर र यूनिभर्सल पिस फेडरेशनको सहकार्यमा भएको कार्यक्रममा राष्ट्रिय भावका १५ वटा गीतहरु गाएका थिए ।

कार्यक्रममा गायक खड्काले हिमाल पहाड तराई, कर्म गर्न कहिल्यै पछि पर्नु हुँदैन, मेरी आफ्नी आमा भन्दा, मेरो देश सुन्दर छ है, म जहाँ जाउँ विश्वका कुना, हिमालको पानीले सिंचिनु छ तराई, हिजोभन्दा आज राम्रो, जाँगरिला युवा हामी लगायतका गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा गायक खड्काकै स्वरमा रहेका गीतहरुमा डान्स फिवरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, कानूनमन्त्री भानुभक्त ढकाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति नारायणभक्त श्रेष्ठ (रायन), माननीय सांसद खेम नेपाली, नवराज सिलवाल, पूर्व मन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइराला, पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, पूर्व मन्त्री भगवती चौधरी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायिका निर्देशक दिपाश्री निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शुभकामना मिडिया सोलुशनका अध्यक्ष सुमन बैरागीले स्वागत मन्तव्य राख्दै नेपाली संगीत इतिहासमा सम्भवतः यो नै पहिलो देशभक्ति गीतहरुको एकल साँझ भएको बताएका थिए ।

 

Logo