गोरखामा ओढारमा लुकाई राखेको अवस्थामा १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
मनास्लु पदमार्ग नजिकै ओढारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको हो । उक्त सुन चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङले लुकाएको प्रहरीले जनाएको छ। उनलाई बुधबार पक्राउ गरेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए ।
२७ दिनअघि तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया