‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’ : अध्यक्ष कोइराला

‘कोभिड–१९ सङ्क्रमणमा चेलीबेटी उद्धारमा समस्या’ : अध्यक्ष कोइराला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले कोभिड–१९ को सङ्क्रमणका समयमा चेलिबेटी उद्धारमा समस्या परेको बताएकी छिन् । इनर ह्वील क्लब अफ वाग्मतीले शनिबार आयोजना गरेको ‘कोभिड–१९ सङ्क्रमण समस्या, महिला हिंसा र उद्धार’ विषयक भर्चुअल कार्यक्रममा उनले नेपाली शिक्षित नभएसम्म चेलिबेटी बेचविखन तथा महिला हिंसा नरोकिने बताइन् । “सरकारले बलात्कारीका लागि कडा कानून ल्याएको छ, यसलाई कार्यान्वयनतर्फ लैजानु पर्छ”, उनले भनिन् ।

अध्यक्ष कोइरालाले माइती नेपालको पहलमा कोभिड–१९ का समयमा समस्यामा परेका महिलालाई सहयोग गरिएको बताउँदै माइती नेपालले हालसम्म २० हजारभन्दा बढी चेलीबेटी तथा बालबालिकालाई उद्धार गरिसकेको बताइन् ।

इनर ह्वील क्लब अफ वाग्मतीका अध्यक्ष लक्ष्मी खतिवडाका अनुसार नेतृत्व र परिवर्तन भन्ने मूल नारा बोकेको इनर ह्वीलका ३४ तथा देशभरका २८ क्लबमा ७०० भन्दा बढी सदस्य छन् । इनर ह्वील क्लबले हाल देशभरका एक दर्जन बालिकालाई नर्सरीदेखि स्नातक तहसम्म निशुल्क पढाउनाका साथै वृक्षरोपण, रक्तदान, अशक्त बालबालिकालाई सहयोग, वृद्धवृद्धासँग साक्षात्कार लगायत कार्य गर्दै आएको क्लबका रीता घिमिरेले जानकारी दिइन्।रासस

Logo