लमजुङ,
लमजुङमा बुधबार दिउँसोको अबिरल बर्षापछि दोर्दी खोलामा आएको बाढीमा परेर चार जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा भौतिक क्षति भएको छ।
पूर्वीभेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर आएको ठूलो बाढीमा परेर चार जनाको मृत्यु हुनुको साथै जलविद्युत आयोजनाका संरचनामा समेत क्षति भएको हो ।
दोर्दीगाउँपालिका कार्यालय रहेको शेराबजार नजिकै दुईजना र थप दुईको शव ढोडेनीको किर्तीपुर क्षेत्रमा फेला परेको दोर्दी गाउँपालिकाका प्रमुख ओमबहादुर गुरुङले जानकारी दिए। उनीहरुको सनाखत हुन नसकेको र जलविद्युत् आयोजनामा कार्यरत कामदार हुनसक्ने उनले बताए । स्थानीयबासी र जलविद्युत आयोजनाका कर्मचारीहरुबाट उनलाई प्राप्त जानकारी अनुसार करिब २० जना कामदारहरु सम्पर्क बाहिर रहेको बुझिएको गुरुङको भनाई छ ।
घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई, डिएसपी रबिन्द्रमान गुरुङ लगायत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा गएको र उद्धारकार्यमा जुटिसकेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार बाढीबाट भएको मानवीय र भौतिक क्षतिको एकिन विवरण आउन बाँकी नै रहेको प्रहरी नायव उपरीक्षक गुरुङको भनाई छ ।
स्थानीयका अनुसार ७५ प्रतिशत पूरा भएको २५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत आयोजना, लिवर्टी हाइड्रो पावरमा समेत बाढीले क्षति पु¥याएको छ । बाढीले निर्माण कार्यमा प्रयोग गरिएका डोजर, ट्रयाक्टर लगायतका अन्य सामानमा समेत क्षति पु¥याएको बुझिएको छ ।
नागरिकबाट































प्रतिक्रिया