बर्दियामा बबई नदीले बगाएर दुई जना बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको काठ लिन गएका तीन जनामध्ये दुई जना बाढीमा बेपत्ता भएका हुन्। एक जनाको भने उद्धार गरिएको छ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार बर्दियाको बासगढी नगरपालिका-३ खल्ला बस्तीका करिब ४५ घर डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालयले बबई नदीको जल सतह पनि बढ्दै गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन सूचना जारी गरेको छ।
कुरुम्बाङका अनुसार जलस्तर ६ मिटर पुगेपछि खतरा हुन्छ, अहिले ५ दशमलव ४१ मिटर पुगिसकेको उनले जानकारी दिए ।
यस्तै दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् । राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगैलगायतका गाउँ डुबानमा परेका छन् ।





























प्रतिक्रिया