डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीलाई

डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीलाई


काठमाडौं ।
सुमी मोक्तान र बिजु पार्कीको (सुविजु) जोडीले हिमालय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ।

शनिबार राति भएको फाइनलमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछि पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो। बिजेताले २० लाख नगदसहित अन्य पुरस्कारहरू पाएका छन्।

यस्तै फस्ट रनरअप बुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य (मुन्नी) र सुभम् भुजेलको जोडीले जितेको छ।

Logo