सरकार र ढुवानी व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

सरकार र ढुवानी व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

केन्द्रबिन्दु
0
Shares

सरकार र  ढुवानी व्यवसायीबीच सहमति जुटेको छ। सहमतिसंगै एक सातादेखि आन्दोलनरत ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्।

सोमबार साँझ भौतिक,पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबको संयोजकत्वमा व्यवसायीसहितको बैठकमा सहमति जुटेको हो।

सरकारले साउनदेखि कार्यान्वयनमा ल्याएको ढुवानीमा भ्याट र माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ प्रणाली-भिसिटीएस) को विरोधमा ढुवानी व्यवसायीहरु आन्दोलन गर्दै आएका थिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राई,उद्योग सचिव देवेन्द्र कार्की र भौतिक सचिव देवेन्द्र कार्की समेत थिए। बैठकमा स्वतन्त्र चालक समाज नेपालका सचिव यादब अधिकारी र ढुवानी व्यवसायी महासंघ नेपालका मेघराज सिग्देल पनि सहभागी थिए।

बैठकले ढुवानी व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न भौतिक मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीको संयोजकत्वमा कार्यदल बनाउने निर्णय समेत गरेको छ।

व्यवसायीका तर्फबाट गोकर्ण पराजुली, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, मजदुर प्रतिनिधि र यातायात व्यवस्था विभागका निर्देशक बन्धुप्रसाद बास्तोला सदस्य छन् ।

यो पनि 

ढुवानी ठप्प पार्न बाध्य पार्ने भीसीटीएस प्रणाली खासमा के हो ?

Skip This
Skip This
Logo