ललितपुरको सानेपामा आइतबार फेरि सवारी दुर्घटना भएको छ। पटक पटक दुर्घटना हुँदै आएको यस क्षेत्रमा आइतबार एम्बुलेन्सले ट्याक्सी र मोटरसाईकललाई ठक्कर दिएको हो ।
चक्रपथ अन्तर्गतको स्टार हस्पिटल नजिकै एम्बुलेन्सले ठक्कर दिएको हो । तिर्थलाल ताजपुरिया स्मृति प्रतिष्ठानको बा १८ च ८१७२ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन् । घाइतेको परिचय खुल्न बाँकी रहेको छ। उनीहरुको नजिकैको स्टार अस्पतालमा उपचार भइरहेको छ ।
यो ठाउँमा सवारीसाधनले बाटो काट्नका लागि कुनै संकेत राखिएको छैन। बाटो काट्न अफ्ठेरो हुने गरि भौतिक संरचना निर्माण गरिएकाले यो क्षेत्रमा पटक पटक दुर्घटना हुने गरेको हो।
यस क्षेत्रमा यस अघि भएको दुर्घटनामा पत्रकारसहित २ जनाको ज्यान गएको थियो ।































प्रतिक्रिया