काठमाडौँ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा चलाएको छ । मुद्दा संख्या यो आवमा ३ सय ५० भन्दा बढी छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर हो ।
२०७४,७५ मा १ सय ९४ मुद्दा चलाइएको थियो । २०७३/७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए । यो संख्या २०७२/७३ मा १ सय ४४ थियो । त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन । अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले यो वर्ष सबैभन्दा बढी मुद्दा विशेष अदालतमा दर्ता गरिएको बताए । अख्तियारले तत्कालीन आयुक्त राजनारायण पाठकलाई पनि मुद्दामा तानेको छ ।
उजुरी र मुद्दा बढ्ने मात्र होइन, तामेलीमा रहेका मुद्दालाई अख्तियारले बिउँझाएको छ । ९१ लाख बिगोसहित पूर्वगभर्नर तिलकबहादुर रावलसहित तीन जनाविरुद्ध मुद्दा चलाइएको छ । कालिका कन्स्ट्रक्सन र पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियारले मुद्दा चलाएको छ । पप्पु कस्ट्रक्सनले ठक्का लिएको बर्दियाको जब्दीघाट पुल बनि नसक्दै भत्किएका थियो । उक्त निर्माण कम्पनीका सञ्चालक एवं सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले चलाएको छ ।
कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको बाँकेको सिक्टा नहर सञ्चालन नहुँदै भत्किएको थियो । त्यसपछि कम्पनी सञ्चालक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजनाका चार प्रमुखसहित २१ जनाविरुद्ध २ अर्ब १३ करोड बिगो मागदाबी गरी मुद्दा चलाइएको छ।
अकुत सम्पत्ति आर्जनमा धेरै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उदयपुरको कटारी र इलामको माई नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकालले छोटो समयमा अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ । सवा ७ करोड भन्दा बढी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ।
यही वर्ष आयल निगमका पूर्वकार्यकारी गोपालबहादुर खड्काविरुद्ध १८ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइयो । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठ २ करोड १० लाख अकुत सम्पत्ति आर्जन अभियोगमा तानिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका काठमाडौं रेडियो अपरेटर (नासु) श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया