काठमाडौं,
आज अबको केहि घण्टामै चन्द्र ग्रहण लाग्दैछ । कतिबेला लाग्छ ? ज्योतिषशास्त्र अनुसार यो ग्रहण कस्तो छ ? ग्रहणका बेला वा अघि पछि के गर्नु हुन्छ , के गर्नु हुदैन ? कुन राशीका लागि राम्रो र कुन राशीको लागि नराम्रो भन्ने हामी सबैलाई खुल्दुली हुन सक्छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्नेछ ।
बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिनेछ । उत्तराषा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशिका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ । यी दुई राशिले ग्रहण हेर्नु हुँदैन । यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशि हुनेले पनि ग्रहण हेर्न नहुने ज्योतिषशास्त्र जनाएको छ ।
कर्कट, तुला, कुम्भ र मीन राशि भएकाहरुले भने ग्रहण हेर्न हुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । थप यसबारे खुल्दुली मेटाउँदै युवा ज्योतिष मनिष सापकोटाले केन्द्रविन्दु टेलिभिजनमा बताउनु भएको जानकारी हेरौं यो भिडियोमा :































प्रतिक्रिया