स्थानीय तह विज्ञापनविरुद्ध प्रदर्शन, प्रश्नपत्र च्यात्ने चेतावनी

स्थानीय तह विज्ञापनविरुद्ध प्रदर्शन, प्रश्नपत्र च्यात्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्थानीय तहको लागि खोलिएको विज्ञापनविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षणविरोधी रहेको भन्दै आरक्षण बचाऔं आन्दोलनले मंगलबार प्रदर्शन गरेको हो ।

माइतीघरमा आयोजित प्रदर्शनमा दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता भएकाहरुलगायतका समुदायको सहभागीता रहेको थियो ।

संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने उनीहरुको चेतावनी छ । यदि अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र च्यात्ने समेत धम्की उनीहरुको दिएका छन् ।

यसअघि उनीहरुले सिठी जुलुस, राके जुलुस, पर्चा पम्प्लेट वितरण, माइतिघर मण्डलामा धर्नालगायतका आन्दोलनका कार्यक्रम गरिसकेका छन् । स्थानीय तहमा कर्मचारी भर्नाको लागि लोक सेवा आयोगले ९ हजार १ सय ६१ कर्मचारीको विज्ञापन आह्वान गरेको थियो ।

उक्त विज्ञापनमा संविधानअनुसार आरक्षणको व्यवस्था नगरिएको भन्दै सर्वोच्चमा समेत रिट समेत दायर भएको थियो । सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लोकसेवालाई काम गर्ने बाटो खुलेको थियो । तर उक्त विज्ञापनको विरुद्धमा आदीवासी जनजातीहरुले विरोध प्रदर्शन गर्दै आएका हुन् ।

Skip This
Skip This
Logo