एक दिवसीय विश्वकप क्रिकेट समापन भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीहरुको वरीयताक्रम सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् ।
वरियतामा ब्याट्सम्यानतर्फ भारतीय टोलीका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।
बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा रहँदा न्युजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रोमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा तेस्रो, अष्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इम्रान ताहिर पाँचौं स्थानमा छन् ।
अफगानिस्तानका मुजिव जद्रान छैटौं, इंग्ल्याण्डका क्रिश वक्स सातौं, अष्ट्रेलियाका मिचेल स्टार्क आठौं, अफगानिस्तानका राशिद खान नवौं र न्यूजिल्याण्डका म्याट हेनरी १०औं स्थानमा छन् ।
अलराउण्डर तर्फ बंगलादेशक शकिब अल हसन शीर्ष स्थानमा छन् भने इंग्ल्याण्डका बेन स्टोक्स दोस्रोमा छन् । अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् भने पाकिस्तानका इमान वासिम चौथो र अफगानिस्तानका राशिद खान पाँचौं स्थानमा छन् । इंग्ल्याण्डका क्रिश वक्स छैटौं, वेष्ट इण्डिजका ज्यासन होल्डर सातौं, न्युजिल्याण्डका मिचेल सान्टनर आठौं, दक्षिण अफ्रिकाका एन्डिल फेलुकवायो नवौं र भारतका हार्दिक पंड्या र पाकिस्तानका मोहम्मद हफिज संयुक्त रुपमा १०औं स्थानमा छन् ।
एक दिवसीय क्रिकेटमा टिम तर्फको बरियतामा विश्व विजेता बनेको इंग्ल्याण्ड शीर्ष स्थानमा छ ।































प्रतिक्रिया