बाढीग्रस्त क्षेत्रमा सर्पदंशको त्रास बढ्यो

बाढीग्रस्त क्षेत्रमा सर्पदंशको त्रास बढ्यो

केन्द्रबिन्दु
0
Shares

राजविराज,

बाढी प्रभावित क्षेत्रमा अहिले सर्पको डसाई एक्कासी बढेको छ । सर्पले डसेर सप्तरीको बाढी प्रभावित क्षेत्रका एकैदिन ३ जना घाइते भएपछि बाढी पीडित थप त्रासमा परेका छन् ।

बाढीसँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का ५० बर्षीय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षीय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षीय रामकुमार यादव घाइते भएका छन् । बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् ।

तीनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंसका घटना हवात्तै बढेको छ ।

अस्पतालको तथ्यांक अनुसार विगत ५ दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागी आएका छन भने दैनिक ४ देखि ७ जनासम्म सर्पदंशबाट घाइते भई उपचारका लागी आउने गरेका छन् । जसमध्ये अधिकांश जिल्लामा बाढीबाट सर्वाधिक प्रभावित तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाको ग्रामिण भेगका वडाका बासिन्दाहरु छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo