राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, साउन १ गतेबाट लागु हुने

राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण, साउन १ गतेबाट लागु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु भएको छ । सोमबार विनियोजन विधेयक २०७६, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ समेत प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको हो ।

संसदका दुवै सदनले पास भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ । जेठ १५ गते संसदमा पेश भएको आगामी आर्थिक वर्ष सरकारले १५ खर्ब ३२ अर्बको बजेट कार्यान्वयन गर्दैछ ।

त्यसमध्ये ९ खर्ब ५७ अर्ब चालु खर्च हुनेछ भने पूँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ । वित्तीय व्यवस्थामा भने १ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएको छ । भण्डारीले प्रमाणीकरण गरेको बजेट साउन १ गतेबाट कार्यान्वयन हुनेछ ।

थप चार विधेयक प्रमाणीकरण 

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले थप चार वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर आएका विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयकलाई राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ११३ को उपधार (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए।

नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo