जलश्रोत तथा सिंचाइ विकास डिभिजन भोजपुरका सिडिई एक लाख ८० हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सिडिई मोहन बाबु यादवलाई नियन्त्रणमा लिएको हो। यादवले षडानन्द नगरपालिका वार्ड नं. १३ बोयामा रहेको छाँगे खोला सिंचाइ कार्यक्रमको रनिङ विल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ।
उनलाई भोजपुर नगरपालिका वार्ड नं. ७ मा रहेकी फुपू भदैनी होटलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।





























प्रतिक्रिया