कुलेखानीको बाँध नखोलिने

कुलेखानीको बाँध नखोलिने

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको इन्द्रसरोवर ताल (कुलेखानी) को बाँध नखोलिने भएको छ । पानी बढ्ने क्रम घटेकाले बाँध खोल्ने तयारी तत्कालका लागि स्थगित गरिएको हो।

यस अघि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले बाँध खोल्ने निर्णय गरेको थियो। बाँध खोल्दा मकवानपुरसहित सर्लाही, रौतहट र सिन्धुली जिल्लाका स्थानीय प्रभावित बन्ने भएकाले सकेसम्म टर्वाइनबाटै निकास गर्ने तयारी भैरहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।

कुलेखानीमा अहिले १ हजार ५२६.१८ घनमिटर पानी जम्मा भएको छ । यो मानवनिर्मित कृतिम तालको क्षमता एक हजार ५३० घनमिटर छ ।

मकवानपुरको कुलेखानी तालमा वि.स. २०५० साल यताकै धेरै पानी जमेको हो । सोमबार बिहानसम्म पानीको सतह प्रतिघण्टा १ मिटरका दरले बढीरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

Logo