काठमाडौं,
बाढी–पहिरोका कारण मृत्यु हुनेको संख्या ६० नाघेको छ । २४ जिल्लामा ६० भन्दा धेरैले ज्यान गुमाएको र ३२ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै २९ जना घाइते छन् । ३३ हजार ११३ जना प्रत्यक्ष प्रभावित भएका छन्, जसमध्ये धेरै विस्थापित भएका छन् । सबैभन्दा धेरै मानवीय क्षति ललितपुरमा भएको छ । प्रहरीका अनुसार ललितपुरमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, रौतहट र भोजपुरमा पाँच–पाँचको मृत्यु भएको छ ।
अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो ।
वाढीले सबैभन्दा धेरै प्रभावित प्रदेश २ को सिराहा, सप्तरी, रौतहटलगायत विपद् स्थलका लागि एउटा हेलिकप्टरलाई सोही क्षेत्रको पृतनामा तैनाथ राखिएको छ । कमला, बाग्मती, सप्तकोसीजस्ता ठूला नदी र स्थानीय नदीको बहाव एकैचोटि बढेकाले गाउँ तथा सहरका अधिकांश भूभाग डुबानमा परेका हुन् ।
यता महोत्तरी जिल्लाका सबै क्षेत्र डुबानमै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । रातु, विगी, अकासी, जङ्घाहा, मराहा लगायतका स्थानीय खोला बस्तीमा पसेका थिए । उहाँले भन्नुभयो, “दस वटा नगरपालिकाका ४० हजार घरपरिवार अलपत्र छन्, झन्डै दुई लाख मानिसलाई राहत र संरक्षण दिन कठिनाइ छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया