स्थानियतहहरुले विपद् व्यवस्थापनमा जनुसुकै शीर्षकको बजेट खर्च गर्नसक्ने

स्थानियतहहरुले विपद् व्यवस्थापनमा जनुसुकै शीर्षकको बजेट खर्च गर्नसक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितहरूको शीघ्र उद्धार गरी राहत प्रदान गर्न स्थानीय तहले अब कुनै पनि शीर्षकको बजेट खर्च गर्न सक्ने भएका छन् । संघीय सरकारले स्थानीयतहलाई जुनसुकै शीर्षकको बजेट विपद् व्यवस्थापनमा खर्चन आग्रह गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरूले विपद् व्यवस्थापन कोषमा स्रोत साधनको अभाव भए जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रमा अनुरोध गरी पठाउन आग्रह गरेका छन् । उनले रकम अपुग भएको कारणले खोज, उद्धार तथा तत्कालीन राहतमा बाधा पर्ने भएमा कानुन बमोजिम स्थानीयतहको कुनै पनि बजेट शीर्षकबाट खर्च गर्ने व्यवस्था मिलाउन स्थानीय तहको नाममा अनुरोध गरेका हुन् ।

मन्त्रालयले सबै स्थानीयतहहरूलाई विपद्को उपयुक्त व्यवस्थापन गर्न परिपत्रमार्फत् अनुरोध गरेको हो । मन्त्रालयले बाढीको कारणले महामारी फैलन सक्ने अवस्था समेतलाई मध्यनजर गरी कुनै पनि शीर्षकको बजेट खर्चन सबै स्थानीयतहलाई अनुरोध गरेको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo