बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केही दिन देखिको लगातारको वर्षाका कारण बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या शनिबार राती सम्म ४३ पुगेको छ ।

अविरल वर्षा पछिको बाढि पहिरोमा परी ललितपुरमा पाँच जना, भोजपुरमा पाँच , मकवानपुरमा चार जनाको मृत्यु भएको छ । त्यस्तै काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा तीन , तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै धादिङ , झापा र सिन्धुलीमा दुई दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा , धनुषा , चितवन र डोल्पामा एक एक जना गरी ४३ जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।

Logo