बस दुर्घटनामा ३४ घाइते, आठ जनाको अवस्था गम्भीर

बस दुर्घटनामा ३४ घाइते, आठ जनाको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,
सुर्खेतको वीरेन्द्रनगरदेखि करीब ३७ किलोमिटर दूरीमा रहेको भेरीगङ्गा नगरपालिका–२ सत्तरीमा दुई वटा बस एकआपसमा ठोक्किँदा बसमा रहेका ३४ जना घाइते भएका छन्।

शुक्रबार साँझ सुर्खेत–नेपालगञ्ज सडकखण्डको सत्तरीस्थित बुटवलबाट सुर्खेत आउँदै गरेको पश्चिम नेपाल बस यातायात समितिको ना ४ ख ३८२७ र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको काक्रेविहार बस व्यवसायी समितिको ना ६ ख ९६७० नम्बरको बस ठोक्किएका हुन् । ३४ जना घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Logo