झरि आइतबार सम्म कायम रहने मौसमविदहरुको भनाई

झरि आइतबार सम्म कायम रहने मौसमविदहरुको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
केहि दिनदेखि परिरहेको पानी अझै २ दिन सम्म जारी रहने मौसमविदहरुले जनाएका छन् । मौसम पूर्वानुमान महशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबार विशेष गरि पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुनेछ । पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँमा भारी वर्षासमेत हुने अनुमान गरिएको छ । त्यस्तै, देशका केही स्थानमा हावाहुरीको सम्भावना पनि देखिएको छ ।

मौसमविद् अर्यालका अनुसार आइतबार दिउँसो देशभर व्यापक क्षेत्रमा वर्षा हुनेछ । खासगरी पूर्वी, पहाडका केही ठाउँमा भारी वर्षा हुनेछ । आइतबार राति पनि प्रायः सबै क्षेत्रमा व्यापक वर्षा जारी रहनेछ । पूर्व र मध्य क्षेत्रका पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षा हुनेछ ।

वर्षासँगै वाढीपहिरोको जोखिम हुने भएकाले सर्वसाधारणलाई सर्तक रहन पाि मौसमविदहरुले अनुरोध गरेका छन् ।

Logo