सुतिरहेका बेला पहिरोले घर बगायो, तीन जना बेपत्ता

सुतिरहेका बेला पहिरोले घर बगायो, तीन जना बेपत्ता

केन्द्रबिन्दु
0
Shares

खोटाङ,

खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एकै घरका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भइका छन् । उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका छन् ।

बिहान करिब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको हो । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घरदेखि करिब चार सय मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या परेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo