सिरहा,
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको उद्धार गरिएको छ।
वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहारामा मुखियाको उद्धार गरेका हुन् ।
कमला नदीको बगरमा तरकारी खेती गरेर गुजारा चलाउँदै आएका मुखियाको टहरा बाढीले बगाएपछि उनी रुखमा चढेर ज्यान जोगाएका थिए । तर, बाढीले रुख पनि कतिबेला बगाउने हो चिन्ताले उनी उद्धारका लागि गुहार गर्दै आएका थिए।
हेलिकप्टरबाट उद्धारका लागि थालिएको पहल काठमाडौंमा मौसमका कारण सम्भव नहुँदा उद्धार टोलीबाटै प्रयास थालिएको थियो । करिब २ घण्टाको प्रयासपछि मुखियालाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।
नागरिकबाट































प्रतिक्रिया