अबरुद्ध विमानस्थल ८ घण्टापछि सुचारु

अबरुद्ध विमानस्थल ८ घण्टापछि सुचारु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ८ घण्टापछि सञ्चालनमा आएको छ ।

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेदेखि आन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध भएको थियो ।

साँझ ७ बजेदेखि भने उडान र अवतरण सञ्चालन भएको छ । घाँसे मैदानमा पुगेको विमान त्यहाँबाट हटाएपछि उडान सुचारु भएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo