पोखरा,
औषधि उपचार गर्न भन्दै एक युवा आफ्नै श्रीमतीलाई जंगलमा लगि हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मकवानपुर घर भइ पोखरा–१० रामबजारमा बस्दै आएका ३५ वर्षीय रमेश नेपालीलाई २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरेर जंगलमा फालेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको हो ।
पोखराको रामबजारमा मोबाइल पसल गरी बस्दै आएका रमेशले श्रीमती लक्ष्मीलाई पोखरा–२२ पुम्दिभुम्दीस्थित ठुल्ढुङ्गाको जंगलमा लगी हत्या गरी फालेको अवस्थामा २५ दिनपछि अस्थिपञ्चर फेला परेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।
असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा–२२ पुम्दि भुम्दिस्थित ठुल्ढुङ्गाको जंगलमा लगी हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको हो । सिद्धार्थ राजमार्गदेखि करिब ५ सय मिटर तल पोखरा–२२ पुम्दिभुम्दीको ठुल्ढुङ्गाको जंगलमा बुधवार अस्थिपन्जर भेटिएको हो । कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की सहितको टोलीले घटनाको थप अनुसन्धान थालेको छ । लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निवेदन दिएका थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया