महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट ३ जना थुनुवा फरार भएका छन् । उनीहरु गएराति रेलिङ काटेर भागेका हुन् ।
फरार हुनेमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना रहेका छन् । जावलाखेल प्रहरीमा राख्न ठाउँ नपुग भएपछि उनीहरुलाई भैंसेपाटीको हिरासतमा राखिएको र राती नै रेलिङ काटेर भागेको उनले बताए। दुई जना डाँका मुद्दाका र एक जना लागुऔषध मुद्धाका अभियुक्त फरार भएका हुन् ।
प्रतिक्रिया