विषादी परीक्षणमा चार सचिवहरुले मलाई डुबाएः मन्त्री यादव

विषादी परीक्षणमा चार सचिवहरुले मलाई डुबाएः मन्त्री यादव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले विषादी परीक्षणका विषयमा सचिवहरुले डुबाएको आरोप लगाएका छन् । भारतबाट आयात हुने विषादी परीक्षण गर्ने विषयमा चार सचिवहरुले डुबाएको आरोप लगाएका हुन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले डुबाएको आरोप लगाएका हुन् । उनले भने, ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे ।’

पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरिएको भन्दै मन्त्री यादवले माफी मागेका छन् । मन्त्री यादवले पूर्वाधार नभई निर्णय गर्नु आफ्नो गल्ती भएको भन्दै माफी मागेका हुन् ।

‘सचिवहरुले मलाई भन्दै भनेनन् । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’ उनले भने ।

प्रधानमन्त्री वा भारतीय दबाबमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ । पुर्वाधारको अभावमा निर्णय फिर्ता लिनुपरेको मन्त्री यादवको भनाई छ ।

Skip This
Skip This
Logo