सिरिन्ज आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेबाट एकजनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई बनेपास्थित चार दोबाटो भन्ने स्थानबाट पक्राउ गरिएको हो ।
पाठकमाथि सिरिन्ज आक्रमणमा संलग्न रहेको भन्दै स्थानीयले कुटपिट गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पाठक लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा काभ्रेमा बस्दै आएका थिए ।
आक्रोशित स्थानीयले पक्राउ गरिएका व्यक्तिलाई कडा कारबाही माग गर्दै प्रहरी कार्यालयमा घेराउ गर्दै प्रदर्शन गरिरहेका छन्। तर पाठकले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । पीडित भनिएकी युवतीले समेत उनीमाथि आरोप नलगाएको प्रहरीले जनाएको छ । उत्तेजित भिडले गर्दा पाठक उक्त प्रकरणमा मुछिएका हुन् ।





























प्रतिक्रिया