बनेपा नगरपालिकाले फोहोर नउठाएपछि स्थानियवासीले सडकमै थुपारे (फोटो फिचर)

बनेपा नगरपालिकाले फोहोर नउठाएपछि स्थानियवासीले सडकमै थुपारे (फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

  • ज्ञानमणि नेपाल कालोटोपी

काभ्रे,

जिल्लाको बनेपा नगरपालिकाले महिनौदेखि फोहोर उठाउन नआएको भन्दै स्थानियवासीहरुले सडकमा नै फोहोर राखेर सडक बन्द गरेका छन् ।

बनेपाको तीनदोबाटोका स्थानियवासीहरुले सडकमा नै फोहोर थुपार्दै बाटो छेकेर सडक समेत अवरोध पुर्‍याएका छन् । नगरपालिकाको फोहोर उठाउने गाडी नआउँदा आफूहरुले यस्तो गर्नु परेको उनीहरु बताउँछन् ।

उनीहरुका अनुसार नगरपालिकाले यहाँको फोहोर व्यवस्थापनमा चासो देखाएको छैन । महिनौदेखिको फोहोर आफ्ना घर आँगनमा राख्नु परेको र सडकमा राखेपछि नगरपालिकाले केहि चासो देला कि भनेर उनीहरुले फोहोर सडकमै थुपारेका हुन् ।

नगरपालिकाले फोहोर फाक्ने डम्पीङसाइडको व्यवस्थापन छिट्टै हुने बताएको छ तर वर्षौंंदेखिको यो समस्या अहिले पनि उस्तै छ । लामो समयदेखि फोहोर फालिंदै आइएको आइटीपार्क अगाडीको क्षेत्रमा त्यहाँका स्थानियले अवरोध गरेपछि बनेपा नगरपालिकाको फोहोर महिनौ देखि व्यवस्थापन हुन सकेको छैन ।

अहिले सडकमै फोहोर थुपारिएपछि त्यसभेगमा सवारी साधन चल्न सकेका छैनन् । नाला जाने सडक समेत अबरुद्ध भएको छ भने स्थानिय गल्लीहरु पनि फोहोरले भरिएका छन् ।

Logo