स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको सार्वजनिक लेखा समितिको ठहर

स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको सार्वजनिक लेखा समितिको ठहर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानविन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानविन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले को कसले अनियमितता गरेको छ छानविन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताए ।

उनले भने, ‘आज माननिय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो । माननिय सदस्यहरुले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड १९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार विमर्श गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्णरुपमा नियमसंगत नभएका कारणले र यसमा विभिन्न पदाधिकारीहरुको संलग्न हुनु हुन्छ । उहाँहरु दोषी हुनुहुन्छ । दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानविन गरेर को को दोषी हुनुहुन्छ, कस कसले अनियमितता गर्नु भएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पाउने गरी निर्णय भएको छ । त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ ।’

समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो ।

Logo