काठमाडौं,
शुक्रबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुतोको कथा सुनाए । कथा सुनेर नेता र कार्यकर्ता राम्रै गरी हाँसे । सोही अवसरमा प्रधानमन्त्रीले बाबुराम भट्टराईप्रति व्यङ्ग्य गर्दै डिग्रीले क्रान्ति नगर्नेसमेत उल्लेख गरेका थिए । निष्टा र दृष्टिकोणले मात्र क्रान्ति हुने उनको तर्क थियो ।
‘नेपालमा पीएचडी गरेका थुप्रै छन् । तर, एकजना मात्र पीएचडी गरे जस्तो डाक्टर…डाक्टर…डाक्टर…’ बाबुरामप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले भने । यही विषयप्रति व्यङ्ग्य गर्दै बाबुरामले साँझ ज्योतिषीको कथा सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीले सुनाएको भ्यागुतोको कथा
एउटा भ्यागुताकी बच्ची घुम्न गइछ । पाठो देखिछ। अनि कुवामा गएर आमालाई भनिछ, ‘आमा यत्रो ठूलो जनावर देखेँ।’ भ्यागुतीले भनिछ, ‘कसरी हुनसक्छ म भन्दा ठूलो ?’ आमाले भुँडी फुलाउँदै भनिछ, ‘यत्रो थियो ।’ होइन । ‘यत्रो थियो ।’ होइन । अझ भुँडी फुलाउँदै यत्रो थियो । ‘हो…।
प्रधानमन्त्रीको यही कथाप्रति कटाक्ष गर्दै बाबुराम भट्टराईले सामाजिक सञ्जालमा ज्योतिषीको कथा सार्वजनिक गरेका हुन् । आफैंले कक्षा तीनमा पढेको घमण्डी भ्यागुतोको कथा भनेर ओलीले स्रोता हँसाएको भन्दै बाबुरामले निदुली बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी भए भन्ने कथा सुनाएका हुन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया