पानी चुहाउँदै गुड्ने तीन वटा ट्रिपरलाई कारवाही

पानी चुहाउँदै गुड्ने तीन वटा ट्रिपरलाई कारवाही

केन्द्रबिन्दु
0
Shares

लहान,

पक्की सडकमा पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई प्रहरीले कारबाही अघि बढाएको छ । शुक्रबार सिरहाको चोहर्वामा पानी चुहाउँदै हिँडेका बालुवा बोकेका तीन वटा टिपरलाई प्रहरीले कारबाही गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी र सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीको टोलीले पक्की सडकमा पानी चुहाउँदै बालुवा गुडिरहेका तीन वटा ट्रिपरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि इलाका प्रहरी कार्यालय मिर्चैया पठाएको छ ।

पानी चुहाउँदै बालुवा ओसारपसार गर्दा सडकको अवस्था कमजोर हुने भएकाले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरहरुलाई कारवाही गरेर पानी निथारेर मात्रै छाडिने अधिकारीले बताए । अतिरिक्त भार बोक्ने, पानी चुहाउँदै बालुवा बोक्ने ट्रिपरलाई कारवाहीमा कडाई गरिएको सिरहा प्रहरी प्रमुख (एसपी) चतुर्वेदीले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo