१० वर्षमा ६४ अर्बको दूरसञ्चार उपकरण आयात

१० वर्षमा ६४ अर्बको दूरसञ्चार उपकरण आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विगत १ दशकमा दूरसञ्चार क्षेत्रमा उपकरण आयात तथा सेवासुविधा विस्तारमा प्रतिस्पर्धा बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार टेलिकम कम्पनीहरूले भौतिक पूर्वाधार निर्माण र सेवा विस्तारलाई तीव्रता दिएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०६६/६७ देखि चालू आव २०७५/७६ को जेठसम्ममा टेलिकम कम्पनीहरूले ६४ अर्ब ७५ करोड ४१ लाख रुपैयाँ बराबरको उपकरण आयात गरेका छन् । नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम, यूटीएल र हेलो नेपालले ठूलो मात्रामा उपकरण आयात गर्दै आएका छन् ।

१० वर्षको अवधिमा खासगरी नेपाल टेलिकम र एनसेलबीच उपकरण आयातमा प्रतिस्पर्धा देखिन्छ । आव २०६६/६७ देखि २०७५/७६ सम्ममा नेपाल टेलिकमले २७ अर्ब ८५ करोड १७ लाख रुपैयाँको उपकरण आयात गरेको छ । एनसेलले सो अवधिमा २७ अर्ब २० करोड ५१ लाख रुपैयाँको दूरसञ्चार उपकरण खरीद गरेको छ ।

यस्तै, स्मार्ट टेलिकमले ७ अर्ब २२ करोड ५१ लाख, हाल सञ्चालनमा नरहेको युनाइटेड टेलिकमले २० करोड ६९ लाख ९४ हजार र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) ले १ अर्ब ६० करोड १२ लाख रुपैयाँको दूरसञ्चार उपकरण आयात गरेका छन् । चालू आव २०७५/७६ को जेठसम्ममा मात्र ती कम्पनीले फोरजी तथा अप्टिकल फाइबर लगायत परियोजनाका लागि १२ अर्बभन्दा बढीका उपकरण आयात गरिसकेका छन् । फोरजी सेवा विस्तार, बीटीएस टावर निर्माण र नेटवर्किङका लागि उपकरण आयात भएका छन् ।
अभियानबाट

Logo