जनकपुर,
काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि भएको छ । बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको उनले बताए ।
पुलको पारीपट्टी मोटरसाइकल रोकेर दुइ जना बसेका थिए । केही इसारा गरेपछि मैले मोटरसाइकल रोके, घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले भने, ‘मेरो मोटरसाइकल रोकिने वित्तिकै , हिरो बन्ता है भन्दै दाहिने पाखुरामा घोचिदियो ।’
धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए । मैले समाचारमा पढेको थिए यस्तो घटना । आफै त्यसको सिकार भइयो । एकछिन त आँखै देखिँन । सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए ।
उनले भने, ‘मेरो पाखुरामा घोच्ने बित्तिकै रोग सार्यो कि भनेर डराएँ । मलाई घोच्नेले चल रे चल… भन्दै बी आर ३० लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर टाप कसे’। खोला वारी धेरै मान्छे रहेको र पारी पनि बाटोमा फाटफुट हिँडिरहेको अवस्थामा दिनदहाडै गरेको आक्रमण सर्वसधारणको लागि ठूलो सुरक्षा चुनौति देखिएको भन्दै उनले अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरीसँग माग गरे । यता, प्रहरीले अपराधीको खोजी कार्य जारी राखेको जनाएको छ ।
नागरिकबाट































प्रतिक्रिया