काठमाडौंका सम्पदा यूनेस्कोको खतरा सूचीमा पर्नबाट जोगिए

काठमाडौंका सम्पदा यूनेस्कोको खतरा सूचीमा पर्नबाट जोगिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकका तत्काल युनेस्कोको खतराको सूचीमा पर्नबाट जोगिएको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले काठमाडौं उपत्यकाका सम्पदालाई तत्काल विश्व सम्पदा सूचीको ‘खतराको सूची’ मा नराख्ने संकेत गरेको हो ।

अजरबैजानको बाकुमा जारी विश्व सम्पदा समितिको ४३ औं बैठकमा बिहीबार नेपालको काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा चीन, ब्राजिल, जिम्बावेजस्ता देशले यी सम्पदालाई खतराको सूचीमा राख्दा नेपालको पर्यटन प्रभावित हुने भन्दै तत्काल खतराको सूचीमा राख्न नहुने सुझाव दिएका थिए ।

खासगरी भूकम्पपछि युनेस्कोले नेपालका सम्पदालाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आइरहेको छ । काठमाडौं उपत्यकाका सम्पदालाई एक वर्षको समय दिने र तत्काल खतराको सूचिमा नराख्ने संकेत गरेको हो । यद्यपी निर्णयको भाषा के लेख्ने भन्ने निर्क्योल भने बैठकको अन्त्यमा मात्र हुनेछ ।

काठमाडौं उपत्यकामा काठमाडौ–ललितपुर–भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ र स्वयम्भूनाथ क्षेत्र विश्व सम्पदा सूचीमा छन्। युनेस्कोले उपत्यकामा भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलो गरेको, सम्पदा संरक्षण ध्यान दिन नसकेको, पशुपतिनाथ क्षेत्रको बिचबाट बाटो खोलेको, कंक्रिट संरचना बनाएको उल्लेख गर्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको थियो ।

Skip This
Skip This
Logo